Like us!
Follow us!
Connect us!
Watch us!

विकास खर्च यस बर्ष पनि लक्षअनुसार भएन

आइतबार, २३ असोज २०७३, १२ : २२ मा प्रकाशित

विकास खर्च यस बर्ष पनि लक्षअनुसार भएन

अर्थ संसार
काठमाडौं–सरकारले गत असारमै विनियोजन विधेयक पारित गरेपनि चालु आर्थिक बर्षको साढे दुई महिनामा लक्ष्य अनुरुपको बिकास खर्च भने हुन सकेको छैन । 
बजेट आश्रित अन्य तीन वटा विधेयक पारित हुन समय लागेकाले सोचेअनुसारको उपलब्धि हासिल हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ । चालु वर्षको झण्डै ३ महिनाको अवधीमा ३ दशमलव ३८ प्रतिशत मात्रै खर्च भएको महालेखा परिक्षण नियन्त्रकको कार्यालयले जनाएको छ । विकास निर्माणका लागि चालु आर्थिक वर्ष ३ खर्व ११ अर्व ९४ करोड रुपैयाँ वजेट विनियोजन गरे पनि दशैंमा सार्वजनिक विदा हुने अघिल्लो दिन गत शुक्रबारसम्म जम्मा ९ अर्व रुपैयाँ मात्रै खर्च भएको छ । विकास खर्च हुन नसक्दा समग्र आर्थिक क्षेत्र प्रभावित भईरहेको गुनासो तिब्र भएका बेला यो वर्ष पनि आशातित रुपमा अघि वढ्न सकेको छैन । 
आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने प्रवृद्धि यो वर्ष पनि दोहरिने सम्भावना रहेको अर्थविद्हरु बताउँछन् । विनासकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण गत वर्ष ५० प्रतिशत पनि विकास खर्च हुन सकेको थिएन । सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि समयमै विकास खर्च हुन नसक्ने र अन्य राजनीतिक कारण ५ प्रतिशत हाराहारीमा सीमित हुने विश्व वैंकको प्रक्षेपण छ । 
आगामी एक महिना निरन्तर चाड पर्वको सिजन रहेकाले पनि विकास खर्चमा त्यसको प्रभाव पर्ने देखिएको छ । सरोकारवाला निकाय अर्थ मन्त्रालयले विकास खर्च वढाउन प्रभावकारी कदम चाल्न सकेको छैन । चालु वर्षमा राजश्व संकलन भने लक्ष्यअनुसार नै अघि बढेको अर्थ मन्त्रालयको भनाई छ । यो आर्थिक वर्षमा ५ खर्व ६५ अर्व रुपैयाँ राजश्व लक्ष्य राखेको सरकारले पहिलो ३ महिनामा करिव २० प्रतिशत अर्थात १ खर्व १२ अर्व रुपैयाँ हाराहारीमा राजश्व संकलन गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको