Like us!
Follow us!
Connect us!
Watch us!

रिक्स बिएरिङ क्यापासिटी छैन भने किन बजार छिर्नु

विहीबार, ०१ जेठ २०७७, १४ : ०१ मा प्रकाशित

रिक्स बिएरिङ क्यापासिटी छैन भने किन बजार छिर्नु

'अ क्याट सुड किल अ र्‍याट’ अर्थात बिरालोले मुसा मार्नै पर्छ। बजार भनेको नै इमसेन्ट(अधैर्य) को पैसा प्यासेन्ट लगानिकर्ताले पाउने भनिन्छ र बिरालोले मुसा मार्न सकेन भने यसको अर्थ रहँदैन।

अनलाइन पत्र-पत्रिकामा ती बिज्ञ भनौदाहरुको कुरा सुन्दा अचम्म लाग्छ, जो १-२ दिन यता तिर बजार बन्द गर्नुपर्छ भन्दै सामाजिक संजालमा उफ्रिरहनु भएको छ उहाँ नै हुनुहुन्थ्यो बजार बन्द गराउदा हुदैन हामी शेयर कारोबार गरेरै लाभान्स बाट गुजारा गरिरहेको माथी अन्याय भयो, कुरा बुझ्नै सकिन मैले कति रंग बदल्न सकेको होला या त उहाहरुकै अनुसार बजार बड्नुपर्छ घट्नुपर्छ भन्न खोज्नुभएको हो या चाइ उहालाइ जे हुन्छ सरकारले जस्तो गर्छ त्यसको बिरोध नै गर्नुपर्छ भन्ने लाग्छ।

अझ अनलाइनबाट मात्रै कारोबार गर्दा दुईचार जनाले मात्र बजारलाई चलाउछन् भनियो। यो त सरासर गलत हो। यहाँ कसलाई अनलाइन लिनको लागि रोकिएको छ र? अनलाइन नलिएको भए पनि हामी ब्रोकर कार्यालयमा गएर पनि हामीलेले भने अनुसार ब्रोकरले अन्लाईन मार्फत नै कारोबारको लागि अर्डर राख्दिने हो, यही कुरा ब्रोकरलाई फोन मार्फत, या फेसबुक, भाईबर मार्फत राख्न सकिँदैन र? अहिले नै पनि बिदेशमा रहेका हजारौँ लगानीकर्ताले यसरी नै कारोबार गरिरहेका हुनुहुन्छ।

कुनै मित्रले लेख्दै हुनुहुन्थ्यो "कोरोनाले सारा विश्वको  शेयर बजार बन्द रहेकाे बेला नेपालमा किन खाेल्नु पर्याे ? "

अरे कुन चैँ विश्वको बजार बन्द छ हजुर ?

यस्तो समयमा टाठा बाठाले सेयर किनेर बाहिरिन्छन् भनियो। उपयुक्त समयमा बेच्ने र उपयुक्त समयमा खरिद गर्ने व्यक्ति स्मार्ट लगानीकर्ता हो।

कतिपय लगानीकर्ताहरुले कोरोनाका कारण लगानीकर्ताको मनोबल कमजोर हुने र बजार घट्छ भन्दै बन्द गर्नुपर्छ भन्दै हुनुहुन्छ, बजार घट्नु बड्नु शोभनीय छ, बजार बढ्छ या घट्छ भन्ने लागेर बन्द गर्नु त आफैंमा गलत भएन र??

म त भन्छु पहिलेपनि बजार बन्द गर्नुपर्ने नै थिएन, यदि बजार बन्द नगरिएको भए नेप्सेको अनलाइन प्रयोगकर्ता सोचेभन्दा धेरैले बढ्थ्यो।

अहिले पनि केही लगानीकर्ता छन्, जसले बजारलाई केही हदसम्म चलाउन खोज्छन्। हिजो बजारमा आफ्नो दबदबा राख्नेहरु आज डुब्लान्। आज बजार चलाउन खोज्नेहरु भोलिका दिनमा डुब्लान्। यही नै शेयर बजारको सुन्दरता हो। यहाँ जोखिम लिएर लगानी गर्ने हो। बजारमा आउने जाने क्रम चलिरहन्छ त्यसैले यस्ता कारणले बजार प्रभावित हुन्छ भन्नु सैद्धान्तिक रुपमा गलत हो।

म हाल प्लस्टु पढिरहेको छु, बिगत २-३ बर्षबाट केही पकेटमनि केही पार्टटाइम बिज्नेस गरेर लगानी गरिरहेको छु बिदेशमा हेर्नेहो भने १२-१५ बर्ष हरु बजारबाटै लाखौ करोडौंको पोर्ट्फोलियो हुन्छन् , हाम्रो मा त झन निरउत्साहित गरिन्छ यसरी नै चल्दै गयो भने बजार विकसित हुन सक्दैन। यस्तो क्षेत्रमा मेरो करिअर छ भनेर कसरी सोच्ने? अनि कुन चाहिँ लगानीकर्ताले शेयर बजारमा आफ्नो करिअर बनाउन खोज्छ। जुनसुकै बेलामा बन्द हुन सक्ने बजारमा फुलटाइम लगानीकर्ता हुन सकिँदैन। यस क्षेत्रमा करिअर बनाउन सकिन्छ भन्ने अवधारणाको विकास नभएसम्म बजार सुधार हुँदैन।

अत: बजार बन्द भएसँगै बजारको सुन्दर र आवश्यक कामहरु सबैमा पूर्णविराम लाग्छ। कोरोनाको डर सबैलाई छ। मार्केट खोलेर लकडाउनको उल्लङ्घन गरौं, आफ्नो ज्यानको बाजी राखेर कारोबार गर्न जाउ भन्न खोजेको मैले कतैपनी हैन। घरबाट नै बसीबसी जे समस्या हुँदा नि काम हुन सक्ने मार्केट बन्नु महत्वपूर्ण छ।एक दुई सय अंकले बजार घट्छ भन्ने डरले गर्दा नेप्सेले बजार बन्द गर्नु हुँदैन । बजार सधैं जोखिम लिनेहरुका लागि हो। आज एक दुई सय अंकले घट्छ भन्ने डरले भोलि एक हजार नगुमोस्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको