Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सकाे अधिकांश सूचकमा गिरावट (सूचीसहित)

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, १० : २३ मा प्रकाशित

किसान माइक्रोफाइनान्सकाे अधिकांश सूचकमा गिरावट (सूचीसहित)

अर्थ संसार काठमाडाैं - किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ७२.३० प्रतिशत थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले  १ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी  २.०२ प्रतिशतले घटेर ५ करोड ३८ लाख ७ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ४९ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

त्यसैगरी, संस्थाकाे सञ्चालन मुनाफा ३२ लाख १९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाको सञ्चालन नाफा १ करोड ८५ लाख २१ हजार रुपैयाँ रहेकाे थियो ।

त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७० पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५१ पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ebe1e1288d10.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको