Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोनाले दिनकै नयाँ रेकर्ड राख्दै

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, १४ : १९ मा प्रकाशित

भारतमा कोरोनाले दिनकै नयाँ रेकर्ड राख्दै

अर्थ संसार काठमाडाैं - भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ३ हजार ९६७ जना संक्रमित थपिएका छन् । याे सँगै भारतमा कोरोना (कोभिड–१९) को संक्रमितको संख्या ८१ हजार ९७० जना पुगेको छ ।

भारतमा बिहीबार एकै दिनमा १०० जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेहरुको संख्या २ हजार ६४९ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, काेराेना संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार बिहानसम्मको तथ्याङ्क अनुसार हाल भारतमा ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रमा ६ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाछ १ हजार १९ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने २ हजार २४० जना भने निको भएका छन् । तमिलनाडूमा ६६ जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गुजरातमा ९ हजार ५९१ संक्रमति रहेका छन् भएका भने ३ हजार ७५३ निको भएका छन् । गुजरातमा कोरोना भाइरसको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ ।

दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ४७० पुगेको छ । दिल्लीमा ३ हजार ४५ कोराना भाइरसको (कोभिड–१९) को संक्रमित भएका छन् । दिल्लीमा ३ हजार ४५ जना कोरोना निको भएको छ । दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको