Like us!
Follow us!
Connect us!
Watch us!

लामाे समयदेखि शेयर हाेल्ड गर्नेलाई सरकारले छुट दिनुपर्छ : कञ्चनकृष्ण न्याैपाने (भिडियाे)

निशा हुमाँगाई

शनिबार, ०३ जेठ २०७७, ०९ : २६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - हाल विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) ले गर्दा सम्पूर्ण क्षेत्रलाई प्रभाव परिरहेकाे छ । यसकाे प्रत्यक्ष असर शेयर बजारमा पनि परिरहेकाे छ ।

लगानीकर्ता तथा शेयर बजार विश्लेषक कञ्चन कृष्ण न्याैपानेले पनि काेराेनाले गर्दा शेयर बजार झन प्रत्यक्ष मारमा परेकाे बताएका छन् । 

यसैगरी, उनले २०७२ सालकाे भूकम्प पश्चात तथा २०६३ सालकाे आन्दाेलन पश्चात शेयर बजारले 'पिकअप' लिएकाे बताउँदै काेराेनाकाे प्रकाेप पश्चात पनि बजार केहि समय स्थिर रही करेक्सनमा रहने तर अगाडि नजाने बताएका छन् । काेराेनाले गर्दा अर्थतन्त्रका हरेक सूचकहरू नकरात्मक हुने आँकलन रहेकाे उनले बताए । 

अर्थतन्त्रका सबै सूचकहरू सुस्त रहेकाे अवस्थामा शेयर बजार पनि मारमा पर्ने न्याैपानेले बताएका छन् । सरकारले लामाे समयदेखि शेयर हाेल्ड गर्नेहरूलाई छुट दिनुपर्ने उनले बताए । यसाे गरेमा सुधाराेन्मुख हुने उनकाे भनाइ छ । 

थप जानकारीकाे लागि तलकाे भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको