Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरसले लियो ९६ नेपालीको ज्यान

Sujan Adhikari

आइतबार, ०४ जेठ २०७७, ०७ : ०२ मा प्रकाशित

कोरोना भाइरसले लियो ९६ नेपालीको ज्यान


अर्थ संसार, काठमाण्डौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसले विश्वभर ४७ लाख १७ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण देखिएको छ भने, हाल सम्म ३ लाख १२ हजार भन्दा धेरै व्यक्तिले यस भाइरसको कारण ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०७६ साल माघ १० गते एक जना नेपालीमा यस भाइरसको संक्रमण दखिएको थियो र अहिले सम्म २ सय ९१ जना नेपालीमा संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलो पटक जेष्ठ ३ गते १ जना नेपाली महिलाकोे यस भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको हो ।
       त्यस्तै गरी विश्वभरी रहेका नेपालीहरु मध्य हाल सम्म ७ हजार ७२ जना नेपालीमा यस भाइरसको संक्रमण पुष्टि भइसकेको छ, तीमध्य ९६ जना नेपालीले यस भाइरसका कारण ज्यान गुमाएका छन् । नेपालमा हालै एक नेपाली महिलाको यस भाइरसको कारण मुत्यु भएपनि उनी यस भाइरसबाट मृत्यु भएको पहिलो नेपाली भने होइन्न । यस अघि नेपाल बाहेक अन्य विभिन्न मुलुकमा रहेका ९५ नेपालीको यस भाइरसका कारण मृत्यु भइसकेको थियो ।

कुन देशमा कति?
       गैरआवसीय नेपाली संघले हालै जारी गरेको त्थयाङ्क अनुसार विश्वभरी रहेका नेपालीहरु मध्य नेपाल बाहेक अन्य विभिन्न २९ देशहरुमा रहेका ६ हजार ७ सय ९१ जना नेपालीमा यस भाइरसको संक्रमण देखिएको छ । सबै देशमा रहेका कोरोना संक्रमित नेपालीहरु को विवरण यस प्रकार छन् ।

5ec0b09ad7dad.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको