Like us!
Follow us!
Connect us!
Watch us!

फेरि १० जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २९१ पुग्यो

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, ०७ : ३८ मा प्रकाशित

फेरि १० जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २९१ पुग्यो

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएका परीक्षणमा रौतहटकाे राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष र इशनाथ नगरपालिका वडा नंं ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषहरूमा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।   

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको