Like us!
Follow us!
Connect us!
Watch us!

चेपाङ बालबालिको हातमा कम्प्युटर

विहीबार, १० चैत्र २०७३, १६ : ५७ मा प्रकाशित

चेपाङ बालबालिको हातमा कम्प्युटर

अर्थ संसार 
धादिङ– गरिवी र शिक्षाको कमीले पिछडिएका चेपाङ समुदायका बालबालिका हिजोआज कम्प्युटर शिक्षा लिन थालेका छन्  । आधुनिक शिक्षाको विकाससँगै आफुहरुले पढ्ने विद्यालयमा कम्प्युटर शिक्षाका सुरु भएपछि चेपाङ बालबालिका कम्प्युटर शिक्षाप्रति आकर्षित हुन थालेका ह्न ।

यो अवसर धादिङ जिल्लामा क्रियाशिल गैर सरकारी संस्था युनाईटेट मिशन टु नेपालको सहयोगमा प्रयास नेपाल धादिङले उपलव्ध गराएको हो । दक्षिणी धादिङको डोलभज्याङ र गजुरीपिडा माध्यमिक विद्यालयहरुलाई यूनाईटेड मिशन टु नेपालले ईन्टरनेट सुविधा सहित उच्च गुणस्तर २०/२० वटा कम्प्युटर सहयोग गरेपछि कम्प्युटर शिक्षा सुरु भएको हो ।

 दक्षिणी धादिङका विद्यार्थीहरु आधारभूत कम्प्युटर सिक्नका लागि सदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ । बिद्यालयहरु जिल्ला शिक्षा कार्यालय धादिङसँगको र जिल्लामा क्रियासिल गैर सरकारी संस्थाहरुले बिद्यालयलाई कम्प्युटर सहयोग र शिक्षक तालिमपछि कम्प्युटर  कक्षा र प्रयोगात्मक कक्षा संचालन गर्न सकिएको हो ।

 सामान्यतय ६/७ कक्षामा अध्ययन सकेपछि विद्यालय छाड्ने दक्षिणी चेपाङ बस्तीका विद्यार्थीहरुमा नयाँ विधि र प्रविधिहरु भित्रिन थो कक्षा दरमा समेत केही कमि आउने डोलभज्याङ माध्यमिक बिद्यालयका प्रधानाध्यपक भुवन थापाले बताए ।

 ‘सूचना प्रविधीको प्रयोग गरी कक्षा शिक्षण गर्न पाएकोमा हामी खुशी छौ’  प्रगतिशिल बाल क्लबकी अध्यक्ष रेनुका पुलामीले भनिन् ‘सहयोगीहरुबाट प्राप्त कम्प्युटरबाट अधिकतम सिकाई हासिल गर्न केन्द्रित हुनेछौं’

  विद्यालयहरुको भौतिक अवस्थामा र नयाँ प्राविधिक शिक्षा हासिस गर्ने अवसरको सिर्जना  भएसँगै आभिभावकहरुमा आएको शैक्षिक चेतनाका कारण र विद्यार्थीहरुमा आएको शैक्षिक उत्साहका कारण यस्तो अवस्था आएको हो ।

 अहिले धादिङको गजुरीगाउँ पालिकामा रहेको डोलभज्याङ र गजुरीपिडा माध्यामिक विद्यालयमा कक्षा एक देखी नै कम्प्युटर शिक्षा दिन थालिएको छ । कम्प्युटर शिक्षासँगै बिद्यालयले  आंग्रोजी माध्यामबाट पढाई सुरु गरेको छ । जसले गर्दा बालवालीकाहरुमा विद्यालयप्रति बढ्दो आकर्षणका कारण सामुदायीक विद्यालयमा विद्यार्थीहरुको भिडसमेत बढ्न थालेको छ ।    

    डोलभज्याङ माध्यमिक विद्यालयमा अहिले साना–साना बालवालिकाहरुलाई पनि कम्प्युटर दिई सिकाउन थालिएको छ । विद्यालयले नै आफैले कुनै अतिरित्त शुल्क विना नै त्यस्तो शिक्षा दिन थालेको माध्यामिक तह पुरा गर्दा सम्म आफ्ना विद्यार्थीहरुलाई कम्प्युटर शिक्षामा दक्ष बनाई रोजगार गर्न सक्ने जनशक्ती उत्पादन गर्ने  मद्यत पुग्दछ ।

 बिद्यालयले शैक्षिक सुधार गर्न बिद्यालयमा व्यवस्थित पुस्तकालय, बाल मैत्री कक्षा शिक्षा गर्न शूरुवात गरेको छ । जिल्ला शिक्षा कार्यालय, प्रयास नेपाल धादिङ,यू.एम.एन र रुम टु रिडको सहयोगमा कम्प्युटर, पुस्तकालय भएपछि  बालवालीकाहरु अहिले फुर्सदको समयमा कम्प्युटर सिक्ने गर्दछन् ।

हिजोआज विद्यार्थीहरुमा पुस्तकालय गई किताव पढ्ने बानिको विकास भएको छ ।  सरकारले समुदायीक विद्यालयको स्तर उन्नतीका लागि सुरु गरीएको यस्तो अभियान अति प्रभावकारी भएको स्थानीय अभिभावकहरुको भनाई छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको