Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा बन्याे नयाँ रेकर्ड

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १२ : १९ मा प्रकाशित

अर्थ संसार काठमाडाैं - भारतमा एकै दिन ५ हजार नयाँ संक्रमित थपिएर नयाँ रेकर्ड बनेकाे छ । आइतबार बिहानसम्म कोरोना भाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ ।

जसमध्ये विगत २४ घण्टाको अवधिमा मात्र झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ भने कूल २ हजार ८७२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् । विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । 

भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९८८ जना र १० हजार ५८५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतीय राजधानी नयाँ दिल्लीमा भने ९ हजार ३३३ जनामा कोरोना पुष्टि भएको छ । (रासस–एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको