Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्सकाे अधिकांश सूचकमा गिरावट

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १२ : ३७ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्सकाे अधिकांश सूचकमा गिरावट

अर्थ संसार काठमाडाैं - प्रोग्रेशिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स २० लाख १ हजार ६०६ रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले  २ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी ८३.९३ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ४ करोड १२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

त्यसैगरी, फाइनान्सकाे सञ्चालन मुनाफा २० लाख ८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सको सञ्चालन नाफा ३ करोड ४६ लाख रुपैयाँ रहेकाे थियो ।

त्यस्तै, फाइनान्सकाे चुक्ता पूँजी ८० करोड रुपैयाँ, रिजर्भ कोषमा ६ करोड ८ लाख ६७ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ४४ पैसा रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको