Like us!
Follow us!
Connect us!
Watch us!

बैंकले सूचना प्रविधिमा लगानी नगरे ठुलाे जाेखिम निम्तिन्छ : लक्ष्मी प्रपन्न निराैला  (भिडियाे)

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १६ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं – कृषि विकास बैंक लिमिटेडको अध्यक्ष लक्ष्मी प्रपन्न निराैलाले बैंकका कमजाेर क्षेत्रलाई सुदृढ पार्दै लैजाने बताएका छन् । 

कर्मचारीहरूलाई तालिम दिएर तथा उपकरणहरू किन्नका लागि बजेट छुट्याउने जस्ता कुराहरूकाे व्यवस्थापन गराएर बैंकका कमजाेर क्षेत्रलाई सुदृढ पार्दै लैजाने उनले बताए । 

यसैगरी, निराैलाले सूचना प्रविधिबाट हुने जाेखिमहरूलाई न्युनीकरण गर्दै जाने बताएका छन् । रीसाेर्स ग्याप (Resource Gap) का कारण किसानहरूकाे माग अनुसार आपूर्ति दिन नसकेकाे बताउँदै उनले स्रोतहरूमा भएका ग्यापलाई पूरा गरेर किसानहरूलाई धेरै भन्दा धेरै कृषि कर्जाहरू उपलब्ध गराउने जानकारी दिएका छन् । 

उनले बैंकले सुचना प्रविधि (IT) मा लगानी नगर्दा ठुलाे दुर्घटना निम्तिने समेत चेतावनी दिएका छन् । दुई-तीन वर्ष अगाडि बैंकमा भएकाे ठूलाे घटनामा बैंकले ३४-३५ कराेड गुमाएकाे सम्झँदै त्यस घटनाले ठूलाे लेसन (Lesson) सिकाएकाे निराैलाले बताए ।

त्यस्तै, कृषि विकास बैंक किसानहरूकाे आर्थिक स्तर उकास्न सदैव लागि पर्ने जानकारी दिएका छन् । किसानहरूले अनाैपचारिक क्षेत्रबाट महँगाे कर्जा लिएर कृषि व्यवसाय गरिरहेकामा त्यस अनाैपचारिक क्षेत्रलाई प्रतिस्थापन गर्ने उद्देश्यले कृषि विकास बैंककाे स्थापना गरिएकाे उनले बताए ।  

थप जानकारीका लागि तलकाे भिडियाे हेर्नुहाेस् :

 
 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको