Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश नं २ मा कति छन् कोरोना संक्रमित ?

निशा हुमाँगाई

मंगलबार, ०६ जेठ २०७७, १३ : ४५ मा प्रकाशित

प्रदेश नं २ मा कति छन् कोरोना संक्रमित ?

अर्थ संसार, काठमाडौं – प्रदेश नं २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोनासम्बन्धी तथ्याङ्कमा गत आइतबारसम्म यो सङ्ख्या १२२ रहेको थियो । सोमबार नौ नयाँ सङ्क्रमित भेटिएपछि यसको सङ्ख्या १३१ पुगेको छ । लकडाउनलाई थप कडाइ बनाउन चिकित्सकले सुझाव दिएका छन् । यस प्रदेशमा पहिलोपटक गत चैत २९ गते वीरगञ्जमा तीन जनामा सङ्क्रमण देखिएको थियो ।

यसैबीच प्रदेश २ सरकारले आठवटै जिल्लामा किसानलाई व्याजमा अनुदान दिने भएको छ । कृषि तथा पशुपालन व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण जारी रहेको लकडाउनका कारण तिर्न नसकेपछि चैतदेखि असारसम्मको व्याजमा अनुदान दिन लागेको हो । सो ऋणको व्याजमा चैत, वैशाख ,जेठ र असार गरी चार महिनाको लाग्ने व्याजमा अनुदान दिने निर्णय गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिएका छन् ।

पर्सा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष रु ४५ करोड ५० लाख मूल्य बराबरको १३ हजार मेट्रिक टन गहुँ बढी उत्पादन भएको केन्द्रले जनाएको छ । किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरी प्रतिहेक्टर तीन दशमलव एक मेट्रिक टन अर्थात ८० हजार १०० मेट्रिक टन गहुँ उत्पादन गरेको छन् । अहिले बजारमा प्रतिकेजी रु ३५ का दरले गहुँ बिक्री हुँदै आएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको