Like us!
Follow us!
Connect us!
Watch us!

फरार भए काभ्रेका कोरोना संक्रमित

निशा हुमाँगाई

मंगलबार, ०६ जेठ २०७७, १४ : ५२ मा प्रकाशित

फरार भए काभ्रेका कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – दाङ स्थायी ठेगाना भएर काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका २६ वर्षका पुरुष फरार भएका छन् ।

 दाङ स्थायी ठेगाना भएका एक कोरोना संक्रमित पुरुष सम्पर्क बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको निरीक्षणका लागि गठन गरेको कमिटीले जानकारी दिएकाे छ । 

मन्त्रालयद्वारा जेठ ५ गते आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा दाङ स्थायी ठेगाना भएका २६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे बताएका थिए ।

त्यस्तै, उक्त पत्रकार सम्मेलनमा डा. देवकोटाले उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेका बताए पनि हाल उनी मन्त्रालयको टोलीको सम्पर्कमा नआएको बताइएकाे छ । उनको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको