Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड - १९ अनलाइन शिक्षा : पहुँच, प्रभावकारिता र गुणस्तरता

बुधबार, ०७ जेठ २०७७, १२ : १४ मा प्रकाशित

कोभिड - १९ अनलाइन शिक्षा : पहुँच, प्रभावकारिता र गुणस्तरता

अन्य जस्तै अहिले कोरोना संक्रमणबाट अत्यन्तै प्रभावित क्षेत्र हो शिक्षा। अहिले सरकार, शिक्षाको बिकास र पहुँचको लागि स्थापना भएका निकाय, बिद्यार्थी संगठन र अन्य सम्बन्धित सरोकारवालाहरु अहिलेको अनलाईन कक्षा, यसको पहुँच र प्रभावकारिताको बारेमा बहसमा छन्।

देशको संविधानले हकको रुपमा वर्णन गरेको शिक्षा देशको आर्थिक, सामाजिक , सांस्कृतिक र पूर्वाधार विकासको लागि आवश्यक जनशक्ति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। 

 COVID-19 लामो समय सम्म रहन सक्ने या कहिले हराएर नजान पनि सक्ने स्वास्थ्य विदहरु बताउछन जसको कारण हामीले हाल सम्म अवलम्बन गरेका सबै क्षेत्रका तरिका, नीति र पूर्वाधारहरुलाई सम्बन्धित क्षेत्रको प्रभावकारी अनुसन्धानबाट परिमार्जित गरेर जानुपर्ने निश्चित नै छ तर यसको पहुँच, प्रभावकारिता, गुणस्तरता भने सुनिस्चित हुनु जरुरी छ ।

यसैबीच शिक्षा संग सम्बन्धित हाल अवलम्बन गरिएको तरिका हो अनलाईन कक्षा, तर आवश्यक नीति, पूर्वाधार र सुरक्षा रणनीति बिना अवलम्बन गरिएको यो प्रक्रिया केहिमा प्रभावकारी देखिएता पनि अधिकांशमा आकाशको फल आँखा तरी भने मर जस्तै छ। यस्तो परिस्थितिमा पनि शिक्षाबाट बन्चित नगराउनको लागि यो प्रयास गर्नु स्रहानिय छ तर जहिले पनि अल्पकालिन समाधान र क्षणिक सहजता केन्द्रित हुनु उपुक्त होइन।

हाल दुर दराजबाट धेरै प्रतिनिधित्व गर्ने बिधार्थीहरु आफ्नो जिल्लामा फर्किसकेका छन् जहाँ सामान्य कुराकानीको लागि एउटा निश्चित ठाँउमा गएर मात्रै सम्भब छ त्यहाँ इन्टरनेट सुबिधाको पहुँच त कल्पना भन्दा बाहिर छ। बिधार्थीमा अनलाइन कक्षा संचालनको लागि आवश्यक पूर्वाधारहरुको उपलब्धता सुनिश्चित नगरी कक्षा संचालन गरिनु केहि पहुँच हुनेहरुको लागि मात्रै हुनेछ र यसो  गर्नु न्युन आय भएका, दुख सुख गरि पढेर केहि गर्छु भन्ने भोलिका कर्णधारहरुको हितमा हुने छैन यो बिषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ। अनलाईन कक्षाको प्रभावकारिताको लागि सम्बन्धित निम्न पक्षहरु ध्यान दिनु जरुरी छ।

  • देशका सम्पूर्ण बिधार्थीमा आवश्यक पूर्वाधारको सहज उपलब्धता। 

  •  बिधार्थिहरुको सहभागिता र मानसिकता।

  • इन्टरनेटमा आधारित शिक्षाको सहज पहुँच, संचालन, व्यबस्थापन र नियमन सम्बन्धि आवश्यक परिमार्जित नीति ।

  • अनलाईन शिक्षाको प्रभावकारिता र गुणस्तरता।

  •  सूचना प्रबिधि मैत्री शैक्षिक वातावरण। 

  • आवश्यक प्रविधिको विकाश, उपलब्धता र सुरक्षा।

शिक्षा एउटा संबेदनशिल क्षेत्र हो यो संबेदनशिलता लाई ध्यानमा राखी यी लगायत अन्य आवश्यक संरचनाको बिकाश र बिस्तार  गरी सबैको हित अनुरुप पूर्ण सहभागिताको सुनिस्चितता गरि संचालन गरिए सबैको हित अनुरुप र स्वागत योग्य हुनेछ।

(लेखक थापा त्रिभुवन विश्व विद्यालय स्नातकोत्तर अध्यनरत विद्यार्थी हुन )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको