Like us!
Follow us!
Connect us!
Watch us!

भोडाफोन र ओपोबिच सहकार्यको सम्झौता

निशा हुमाँगाई

विहीबार, ०८ जेठ २०७७, ०९ : ३१ मा प्रकाशित

भोडाफोन र ओपोबिच सहकार्यको सम्झौता

अर्थ संसार, काठमाडौं – ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको व्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राउन विस्तृत सहकार्यको घोषणा गरेको छ । यसको थालनी मे २०२० देखि हुनेछ ।

नव प्रवर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओपोको वार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियन भन्दा बढी रहेको छ । ओपो र भोडाफोन बिचको यो सहकार्यले उपभोक्तालाई अझ व्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तरराष्ट्रिय बजारमा फाइभजी एडप्सनमा तेवा तथा थप तिव्रता प्रदान गर्ने निश्चित छ ।

भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि उद्योगकै अग्रणी फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरू उपलब्ध गराइने छ ।

सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरू जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपलब्ध गराउने छ । यो ग्लोबल पार्टनरशिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दुवै कम्पनीले संयुक्त रूपमा सटिक पहलहरू गर्नेछन् ।

ओपोले आफ्ना उत्पादनहरू अधिकम रूपमा ईन–हाउस गर्ने गरेको छ । साथै, कम्पनीका धेरै जसो उत्पादन केन्द्रहरू साधारण रूपमा सञ्चालनमा आइसकेको छ । फिजिकल रिटेलमा हाल कठिनाइ रहेको अवस्थामा दूवै कम्पनीहरू अनलाइन बिक्रि च्यानल विकासका लागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन प्रयत्नरत छन् । क्रमबद्ध रूपमा बन्देजहरू खुकुलो गरिँदै लैजाँदा भोडाफोनसँग सहकार्य गर्दै आफ्ना कर्मचारी तथा उपभोक्ताको सुरक्षार्थ ओपो र भोडाफोन विशेष सजगता अपनाउने छ ।

त्यस्तै, यही मे महिनादेखि ओेपोका विभिन्न उत्पादनहरू भोडाफोन मार्फत जर्मनी, यूके, स्पेन, पोटूृगल, रोमानिया, टर्की र नेडरल्यान्ड्समा उपलब्ध गराउँदै लगिने छ । ओपो र भोडाफोन मार्फत अन्य देशमा उपलब्ध गराइने उत्पादनहरूका बारेमा थप जानकारी विस्तारै प्रवाहित गरिने जानकारी दिइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको