Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे डलरकाे भाउ, अन्य मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

विहीबार, ०८ जेठ २०७७, १० : १९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३९ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३९१ रुपैयाँ ८३ र बिक्रीदर ३९३ रुपैयाँ ७७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२२ रुपैयाँ ०१ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ  २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको