Like us!
Follow us!
Connect us!
Watch us!

अब काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने : लकडाउन झनै कडा हुने (विज्ञप्ति)

निशा हुमाँगाई

विहीबार, ०८ जेठ २०७७, १३ : २८ मा प्रकाशित

अब काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने : लकडाउन झनै कडा हुने (विज्ञप्ति)

अर्थ संसार, काठमाडौं - गृह मन्त्रालयले अब काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने निर्णय गरेकाे छ । 

मन्त्रालयकाे जेठ १ गते गृहमन्त्री रामबहादुर थापा 'बादल' को अध्यक्षतामा बसेकाे बैठकले काठमाडौँ उपत्यकामा प्रवेश गर्ने क्रम वृद्दि हुँदा बढी जाेखिम रहेकाे हुनाले अत्यावश्यक काममा बाहेक काठमाडौँ उपत्यका प्रवेश निषेध गर्ने निर्णय गरेकाे हाे । 

यसैगरी, बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वयन गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ ।

काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका छिर्नु अगावै उपलब्ध भएसम्म आफ्नाे खर्चमा आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट)  परीक्षण गरी साेकाे रिपाेर्टसहित उपत्यका प्रवेश गर्नका लागि माग गर्नुपर्ने निर्णय समेत बैठकमा गरिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको