Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट दुई दिने नवजात शिशुको मृत्यु

निशा हुमाँगाई

विहीबार, ०८ जेठ २०७७, १४ : ०१ मा प्रकाशित

कोरोनाबाट दुई दिने नवजात शिशुको मृत्यु

अर्थ संसार, काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) काे संक्रमणबाट दक्षिण अफ्रिकामा दुई दिने नवजात शिशुको मृत्यु भएकाे छ । 

जन्मिएसँगै शिशुमा श्वासप्रश्वासको समस्या देखिएकाले भेन्टिलेसनमा राखिएको दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले जानकारी दिएकाे छ । उक्त शिशुकी आमालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

त्यसैगरी, दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ३९जना पुगेको छ भने संक्रमित हुनेको संख्या १८ हजार ३ जना पुगेकाे छ । (एजेन्सीकाे सहयाेगमा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको