Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो मृतक बारे यसाे भन्छन् डा. रवीन्द्र पाण्डे

विहीबार, ०८ जेठ २०७७, १८ : १२ मा प्रकाशित

तेस्रो मृतक बारे यसाे भन्छन् डा. रवीन्द्र पाण्डे

अर्थ संसार, काठमाडौं – कोरोना भाइरसका कारण नेपालमा हालसम्म ३ जनाकाे मृत्यु भएकाे छ । तेश्राे मृतकबारे जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफ्नाे भनाइ यसरी व्यक्त गरेका छन् । 

गुल्मी, पुर्कोटदह अर्थात मदाने गाउँपालिकाका ४१ बर्षिय शिक्षक । केहि दिनअघिं उहाँलाई ज्वरो आएकोले स्थानीय औषधि पसलबाट ज्वरोको औषधि खानुभयो । त्यसले निको नभएपछि मदाने पोलोक्लिनिकमा जांच गराएर २ दिन टाइफाइड ज्वरोको औषधि खानुभयो । २ दिनपछि बान्ता भएकोले फलोअपको लागि सोहि पोलोक्लिनिकमा जानुभयो । जन्डिस भएको, किड्नी खराब भएको भनेर उहाँलाई अर्घाखाँची रिफर गरियो । अर्घाखाँचीको छायाँ पोलिक्लिनिकले उहाँलाई टाइफाइड बिग्रेको, किड्नीको समस्या भएको भनेर क्रिम्सन अस्पताल रिफर गर्यो ।

क्रिम्सन अस्पतालले प्रारम्भिक जाँचमा मेनिन्जाइटिस भएको तथा मुटुमा केहि समस्या भएको अनुमान गर्यो । मेनिन्जाइटिसको निदान गर्नको लागि ढाडबाट पानी ( CSF ) निकालेपछि उहाँ बेहोस हुनुभयो । उहाँको अवस्था गम्भीर भएकोले आइसीयुमा राखियो । त्यसपछि भेन्टिलेटरमा राखियो । अर्को दिन अर्थात् जेठ १ गते बिरामी पक्षको आग्रहमा कोरोना संक्रमणको टेस्ट गरियो । ५ गते रिपोर्ट पोजिटिभ देखियो । भेन्टिलेटरमै रहेको अवस्थामा उहाँको आज निधन भयो ।

पहिलो र दोस्रो मृत्यु टार्न सकिने प्रकृतिका थिए । समयमै परिक्षण गरिएका थिएनन् । तेस्रो केसमा परिवारले सकेसम्म उपाय गरेको हो । परिक्षण पनि भएको हो । भेन्टिलेटरको सुबिधा पनि प्राप्त भएको हो । सुरुमै काठमान्डौ ल्याएको भए अवस्था फरक हुनपनि सक्थ्यो, नहुन पनि सक्थ्यो । उहाँमा कोरोना संक्रमणको थ्योरोटिकल लक्षण र कम्लिकेसन देखिएका थिए । पटकपटक जन्डिस भएको हुँदा उहाँको कलेजो, पित्तथैली वा पित्तनलीको कुनै दीर्घरोग हुनसक्छ । अस्पतालले सुरुमा शंका गरेको मुटुको रोग पी हुन् सक्छ । निमोनियाको हिस्ट्री पनि देखिन्छ । यसबाट थाहा हुन्छ कि उहाँ जोखिम वर्गमा हुनुहुन्थ्यो ।

यसबाट हामी चिकित्सक, स्वास्थ्यकर्मी र हाम्रा अस्पताललाई के कुरा सिकाएको छ भने कोरोना संक्रमित व्यक्तिको CBC अर्थात कम्प्लिट ब्लड काउन्ट, कलेजोको फंक्सन, किड्नीको फंक्सन, सम्बन्धित समस्याको निदान हुने गरि CT Scan, मुटुको परिक्षण, मस्तिष्कको परिक्षण लगायतका टेस्ट तुरुन्त अनिबार्य रुपमा गर्नुपर्छ । यो महामारी फैलिएको समयमा हरेक बिरामीलाई कोरोनाको आँखाबाट पनि हेर्नुपर्ने हुन्छ । शंका लागेमा तुरुन्त कोरोना उपचार हुने सुबिधासम्पन्न अस्पतालमा रिफर गर्न अग्रसर हुनुपर्दछ ।

उहाँ गाउँमै बसेको, अन्य ट्राभल हिस्ट्री तथा कन्ट्याक हिस्ट्री नभएको तथा आफै सचेत र सजग व्यक्ति भएको कारण कसरी सर्यो भनेर परिवार तथा गाउँ नै स्तब्ध भएको तथ्यले के संकेत गर्छ भने कोरोना संक्रमण गाउँमा पनि हुनसक्छ ।

अर्को कुरा उहाँलाई सेप्सिस भएको अर्थात रगतमा संक्रमण भएको तथा मल्टिपल अर्गान फेलियर भएको भनेर अस्पतालले जनाएको थियो । अर्को मत के छ भने “ उहाँको मृत्युमा माथि उल्लेखित कुनै कारणले हुनसक्छ । कोरोना संक्रमण एम्बुलेन्सबाट सरेको हुनसक्छ । बिरामी अवस्थालाई कोरोना संक्रमणले जोखिममा पारेको हुनसक्छ, मृत्युको कारण कोरोना संक्रमण नहुन पनि सक्छ ।’’

कुनैपनि रोग सुरुमा निदान भयो भने तथा तुरुन्तै सहि उपचार भयो सन्चो हुन्छ । जति ढिलो निदान र उपचार भयो, त्यति नै जोखिमयुक्त हुन्छ । उहाँको उमेर ४१ बर्षमात्र थियो । उहाँलाई पहिले फोक्सोको रोग, किड्नीको रोग, मुटुको रोग आदि थियो कि थिएन भनेर बुझ्नुपर्ने हुन्छ । त्यस्तै हाम्रा एम्बुलेन्सलाई पूर्ण संक्रमणरहित बनाउन हरेक निकाय संबेदनशील हुनुपर्दछ । एम्बुलेन्स र अस्पताल संक्रमित भएमा मृत्युदर धेरै बढ्ने जोखिम हुन्छ ।

मृतकप्रति हार्दिक श्रद्धान्जली तथा शोकाकुल परिवारमा सम्वेदना व्यक्त गर्दछु । हाम्रो जिल्लाको पहिलो कोरोना संक्रमितको निधन भएकोमा थप स्तब्ध भएको छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको