Like us!
Follow us!
Connect us!
Watch us!

दाजु भाई मिलेर बाबुको हत्या, बुहारीको कारण खुल्यो पोल

अर्थ संसार

विहीबार, ०८ जेठ २०७७, १९ : ४४ मा प्रकाशित

दाजु भाई मिलेर बाबुको हत्या, बुहारीको कारण खुल्यो पोल

अर्थ संसार, विराटनगर- आफ्नै बाबुको हत्या गरेको आरोपमा विराटनगर महानगरपालिकाका दुईलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा वडा नं १४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या दुई छोराले गरी शव घरभित्रै पुरेको जनाइएको छ ।

बुबाको हत्यामा जेठो छोरा २९ वर्षीय रोहित र माइलो छोरा २६ वर्षीय नागेन्द्र चौहानको सङ्लग्नता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व अधिकारीले बताए ।

दुई दाजुभाई मिलेर बाबुको गत शनिबार राति हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । 

दुई छोरा मिलेर फरुवाले हानेर बाबुको हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शव तन्नाले बेरेर पुरेको प्रहरीले जनाएको छ ।

माइली बुहारीले ससुरा विगत तीन दिनदेखि सम्पर्क नभएको जानकारी प्रहरीलाई दिएपछि बुधबार साँझ उत्खनन् गरेर शव बरामदपछि परीक्षणका लागि कोसी अस्पताल पठाइएको थियो ।

सत्यरामका तीन छोरामध्ये जेठा छोरा रोहितसँग बाबुसँगै आफ्नै घरमा बस्थे भने माइला छोरा नागेन्द्र श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छो छोरा सोमकुमार भने विगत तीन वर्षदेखि बेपत्ता छन् ।

ज्याला मजदूरी गर्ने जेठो छोरा रोहितसँग पैसा माग्दा नभएको बताएपछि बाबुले घरबाट निकाली दिने चेतावनी दिएपछि छोराबीच विवाद हुँदा हत्या भएको प्रहरीको भनाइ छ । 

बाबुसँग विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले शुरुमा बुबाको टाउकोमा प्रहार गरेको र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीले जनाएको छ ।

बुबाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने डरले छोराहरुले बाबुको शवलाई घरमै गाडेको खुल्नमा आएको छ।    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको