Web Analytics Made Easy - StatCounter
मङ्गलबार, २० जेठ २०७७
कोरोनाले दुई कम्पनीको ८० लाख कित्ता आइपिओ निश्कासन अन्योलमा
बिहिबार, ०८ जेठ २०७७

अर्थ संसार, काठमाडौं- लकडाउनको कारण दुई कम्पनीले निश्कासन गर्न लागेको साधारण शेयर (आईपिओ) अन्योलमा परेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिएर बसेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट  र एनआइसी एशिया लद्युवित्त वित्तीय संस्थाको आइपिओ निश्कासनमा अन्योलमा परेको हो ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निश्कासनको लागि सेबोनबाट ०७६ फागुन ४ गते स्वीकृत लिइसेकेको छ । आइपिओ निश्कासनको लागि ०७६ असार ३१ गते आवेदन दिएको थियो । यस कम्पनीको आइपिओ निश्कासनको लागि सानिमा क्यापिटल विक्री प्रबन्धक रहेको छ ।

त्यसै गरी एनआइसी एशिया लद्युवित्त वित्तीय संस्थाले ४७ लाख ५५ हजार कित्ता शेयर निश्कासनको लागि सेवोनबाट ०७६ चैत ४ गते स्वीकृती लिइसकेको छ ।  यस कम्पनीको आइपिओ निश्कासनको लागि सानिमा क्यापिटल लिमिटेड विक्री प्रबन्धक रहेको छ । केयर ग्रेड ४ प्लस रहेको  छ ।
 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved