Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट बैंकको स्टाफ तथा ग्राहक असुरक्षित, यसरी बनाऔं सुरक्षित ! (डा. रवीन्द्र पाण्डेको लेख)

शुक्रबार, ०९ जेठ २०७७, ०९ : ४३ मा प्रकाशित

कोरोनाबाट बैंकको स्टाफ तथा ग्राहक असुरक्षित, यसरी बनाऔं सुरक्षित ! (डा. रवीन्द्र पाण्डेको लेख)

हिंजो म कामबिशेषले बैंक गएको थिएँ | हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो | च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दुरी थिएन |
.
कुनै स्टाफले माथिबाट मुख हेर्न मिल्ने गरि मास्क लगाएका थिए, कुनै स्टाफले नाकको तल तथा घांटीमा मास्क लगाएका थिए | ग्राहकसंग कुरा गर्दा आधा फिटको दुरी पनि देखिएन | ग्राहक तथा स्टाफले प्रयोग गर्ने टेबुल १ फिटको थियो होला | दुवै पक्षले मास्कभित्रबाट बोल्नुपर्दा आवाज सुन्न टाउको जोड्नुपर्ने बाध्यता देखिन्थ्यो | उही टेबल, उही डटपेन, उही चेकबुक, उही रजिस्टर प्रयोग सबैले गरिरहेका थिए | कोरोना संक्रमणको त्यो जोखिम हटाउन बैंकहरुले बिशेष ब्यबस्था गर्नुपर्ने देखिन्छ |
.
- हरेक स्टाफको PCR टेस्ट गर्ने | संक्रमित देखिए आइसोलेसनमा राख्ने |
- कोरोना संक्रमण भएका ग्राहक पनि बैंकमा आउछन् | तसर्थ सहि तरिकाले मास्क, पंजा, चस्मा र हेड क्याप लगाउने |
- लाइन ब्यबस्थापनको लागि ६ फिटमा चिन्ह लगाउने |
- ग्राहकसंग ६ फिटको दुरी राख्ने ब्यबस्था मिलाउने |
- डटपेन, खानेपानीको बोतल लगायतका सामग्री सेयर नगर्ने |
- छुट्टाछुट्टै टेबल ( स्टाफ र ग्राहकको ) को ब्यबस्था गर्ने |
- स्टाफले साबुनपानीले पटकपटक हात धुने |
- ग्राहकले सहि तरिकाले मास्क लगाउने, बाहिर र भित्र २ ठाउमै अनिबार्य ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुपर्ने, मोबाइल फोन, कि रिंग, पर्स आदि टेबुलमा राख्न नपाइने ..ब्यबस्था गर्ने |
- च्यानल गेट ग्राहकले छुन नपाउने | गार्डले स्प्रिट-कपासले सफा गर्दै ग्राहकलाई भित्र / बाहिर जाने व्यवस्था मिलाउने |
- धेरैबटा काउन्टर खोलेर ग्राहकको समय बचत गराउने |
- कागजका झोलामा पैसा लिने / दिने व्यवस्था मिलाउने |
- ड्युटी सकिएपछि बैंकमा लगाएका आउटर खोलेर, साबुनपानीले मिचिमिची हात धोएर मात्र घर फर्किने |
.
बैंक स्टाफ र ग्राहक कोरोना संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय व्यक्तिगत दुरी हो | हरेक बैंकले | ६ फिटको दुरी कायम गर्ने ब्यबस्था मिलाउनु अनिबार्य छ | हामीले १-२ बर्षसम्म सामाजिक दुरी कायम गर्नुपर्ने हुनसक्छ | तसर्थ माथि उल्लेखित ब्यबस्था र अभ्यास गर्नुको बिकल्प छैन |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको