Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो : थपिए २० जना

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, १६ : २५ मा प्रकाशित

कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो : थपिए २० जना

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ५०७ जना पुगेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डडेलधुराको परशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुष, कैलाली  जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुष, मोरङको रतुवामाई- २ का पुरूष र बाँकेमा १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेका डा. देवकोटाले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको