Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, १७ : २८ मा प्रकाशित

सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं – सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि  भएकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीका तीन, बैतडीका एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । 

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा उनीहरूकाे काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे ।

संक्रमितमध्ये कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुष, डडेलधुराको परशुराम नगरपालिका १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ गाउँपालिका १ का २२ वर्षीय पुरुष रहेका छन् । 

त्यस्तै, यो सँगै सूदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १० पुगेको छ । जसमध्ये ५ जना भने निको भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको