Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा २४ घन्टायता अहिले सम्मकै बढी संक्रमित ;सबैलाई रेलको टिकट खुल्ला

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०७७, १९ : २३ मा प्रकाशित

भारतमा २४ घन्टायता अहिले सम्मकै  बढी संक्रमित ;सबैलाई रेलको टिकट खुल्ला

अर्थ संसार,नयाँदिल्ली- विश्वभर फैलिएको महामारी कोराना भाइरसबाट भारतमा गएको २४ घन्टायता अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख १८ हजार ४४७  पुगेको छ । 

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतमा सर्वसाधारणका लागि रेलको टिकट खुल्ला

भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ ।

देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । 

रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ । 

बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ्ग गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

टिकट बुकिङ्ग मात्रै नभएर यसअघि बुकिङ्ग गरेकाहरुको टिकट क्यान्सिल गर्ने व्यवस्था पनि गरिएको उनीहरुको भनाइ छ । 

यात्री टिकट सुविधा केन्द्र मार्फत् टिकट किनबेच भइरहेको छ । लामो समयपछि किनबेच खुल्ला गरिएकाले किनबेच गर्नेहरुको चाप अत्यधिक रहेको किनबेचमा सम्लग्न कर्मचारीहरुले जनाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको