Like us!
Follow us!
Connect us!
Watch us!

७० जनाले कोरोनालाई जिते !

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०७७, १९ : ४८ मा प्रकाशित

७० जनाले कोरोनालाई जिते !

अर्थ संसार, काठमाडौं-कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना शुक्रबार निको भई घर फर्कनुभएको छ । शुक्रबार निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराख्नुभएको थियो । निको हुनेमा महिला नौ र पुरुष १२ रहनुभएको छ ।

योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ । २० दिनको अस्पताल बसाइपछि उहाँहरु शुक्रबार घर जानुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

  त्यसैगरी स्वास्थ्य मन्त्रालयले पछिल्लो समय १९ जनामा कोभिड–१९ बाट सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्ममा नेपालमा सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

सङ्क्रमित हुने कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुष रहनुभएको जनाइएको छ । डडेल्धुराका २८ र बैतडीका २२ वर्षका पुरुष रहनुभएको छ । बाँकेका १४ जना सङ्क्रमित हुनुभएको छ । आज सङ्क्रतित हुने १८ देखि ६१ वर्ष उमेर समूहका रहेका र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 त्यसैगरी हालसम्म यो भाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको