Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, २० : ४१ मा प्रकाशित

भक्तपुरसहित  थप ९ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।

याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ५१६ जना पुगेकाे छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका नमुनामध्ये हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुर-९ का ४२ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएकामा सप्तरीको बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हैटौंडामा गरिएको परीक्षणमा बाराको सिमरनगढ नपाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषहरूमा कोरोना संक्रमण देखिएको छ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको