Like us!
Follow us!
Connect us!
Watch us!

नयां नेतृत्व चयन  गर्दै प्रवासी नेपाली मञ्च अमेरिका

शनिबार, १२ चैत्र २०७३, १० : १९ मा प्रकाशित

नयां नेतृत्व चयन  गर्दै प्रवासी नेपाली मञ्च अमेरिका

 न्यूयोर्क–अमेरिकामा रहेका एमाले शुभचिन्तहरुको संस्था प्रवासी नेपाली मञ्च अमेरिकाले आगामी कार्यकालको लागि नयां नेतृत्व चयन गर्न लागिपरेका छन् । मार्च महिनाको अन्त्यमा मेरिल्याण्ड राज्यको बाल्टीमोर शहरमा हुन लागेको दोश्रो अधिवेशनले नयां नेतृत्व चयन गर्न लागेको हो ।

नयां नेतृत्व चयनका लागि अमेरिकाका बिभिन्न राज्यमा रहेका मञ्चका अगुवाहरुलाई बाल्टीमोरमा स्वागत गर्न आयोजक कमिटिले सम्पुर्ण तयारी पुरा गरेको मञ्चका अध्यक्ष सञ्जय थापाले बताउनु भएको छ ।

चार बर्ष अगाडि तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेको सम्मेलनबाट सञ्जय थापाको नेतृत्वमा बनेको समितिलाई बिदाई गर्दै बन्न लागेको नया समिति कस्को नेतृत्वमा बन्ने भन्ने बिषयमा अहिले मञ्चका कार्यकर्ताहरु तिब्र छलफलमा छुटेका छन् ।

केहि महिना अगाडि नै सम्पन्न हुनुपर्ने मञ्चको दोश्रो अधिवशेन उद्धाघाटन गर्न एमाले अध्यक्ष ओलीले समय नमिलेको बताए पछि सरेको अधिवेशन उद्धाघटन गर्न शुरुमा ओली अमेरिका जाने बताइए पनि स्थानिय चुनावका कारण ओली अमेरिका जान नसक्ने बताइएको छ ।

ओली निकट मानिने सञ्जय थापाको नेतृत्वमा रहेको बर्तमान समितिले ओली आउन नसकेपछि महासचिव ईश्वर पोखरेललाई उद्धाघटन गर्न अनुरोध गरे पनि महासचिव पोखरेल जान नसकेमा संगठन बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुगंले उद्धाघन गर्ने कार्यक्रम रहेको छ ।

मन्चको अधिवेशनका लागि भनेर नै एमालेका अमेरिका ईन्जार्च युवराज कार्की केहि दिन पहिला नै अमेरिका पुगिसकेका छन् । कार्की अहिले अमेरिकाका बिभिन्न राज्यमा रहेका मञ्चका कार्यकर्ता भेट्न ब्यस्त छन् ।

अमेरिकाको बिभिन्न २४ राज्यमा रहेको मञ्चको शाखाबाट आउने प्रतिनिधीहरुले चयन गर्ने नयां नेतृत्वका लागि हाल बिभिन्न ब्यक्तीहरुले आफुलाई अगाडि सारेका छन् । मञ्चको नयां नेतृत्वका लागि बाल्टीमारेमा रहेका बर्तमान महासचिव प्रभु थापा, न्यूयोर्कमा रहेका मञ्चका अगुवा टेक गुरुगं र टेक्सासमा रहेका जनक राना यतिबेला अध्यक्षको लागि मैदानमा देखिएका छन् ।

चार बर्ष अगाडि न्यूयोर्कमा भएको मञ्चको पहिलो अधिवेशनमा सञ्जय थापालाई निर्बिरोध निर्बा्चित गराउन मैदान छोडेका गुरुगंको समुह यतिबेला आफुहरुले अध्यक्ष पाउनु पर्ने दाबी गरेका छन् भने महासचिव थापाले आफु निर्बिकल्प भएको भन्दै दाबी गरेका छन् ।

सहमतीका लागि आफ्नो नेतृत्व आबश्यक रहेको बताउदै मैदानमा आएका राना आफु नेतृत्वमा आएमा सबैलाई समेट्ने दाबी गरे पनि अध्यक्षका सबै दाबेदारहरुले आफुहरु चुनाब गरेर नेतृत्व छान्ने भन्दा पनि सहमतिका साथ नेतृत्व छान्न लागिपरेको दाबी गर्दै आएका छन् ।

मञ्चको अध्यक्षको मैदानमा रहेका तिनै जना अध्यक्षहरुलाई सहमतिमा लिएर नयां नेतृत्व चयना गराउन मध्यमार्गिको रुपमा बाला घिमिरे, हेम पाठक, राधाकृष्ण देउजा लगाएतका मध्यमार्गी अगुवाहरुले भित्र भित्रै छलफल चलाईरहेका छन् ।

मञ्चको अध्यक्षमा रस्कास्सी चलेसंगै संगठनको अर्को महत्वपुर्ण मानिने पद महासचिवका लागिभने अध्यक्षका अधिंकाशं आंकाक्षीहरुले न्यूयोर्कमा रहेका युवा राधाकृष्ण देउजालाई आग्रह गरेको बुझिएको छ ।

एमालेका शिर्ष नेताहरुसंग राम्रो ब्यक्तीगत सम्बन्ध हुनका सार्थै लेखन कार्यमा समेत राम्रो भएका देउजालाई महासचिवको प्रस्ताव गरिएको भए पनि देउजा भने सहमतीबाट नेतृत्व चयन हुंदा र संस्थाको हितका लागि आफु जुनसुकै पदमा पनि बस्न तयार रहेको बताएका छन् ।

महासचिव पदमै न्यूयोर्कमा रहेका लाक्यन लामा र टेक्सासमा रहेका कमल ओझाले समेत आकांक्षा रहेको भएपनि महासचिवमा भने देउजाको प्रवल सम्भावना रहेको बुझिएको छ । मञ्चको अन्य पदाधिकारीमा प्रितीसागर खत्री, टेकराज पौडेल, यमुना भट्टराई, सोमेन्द्र रञ्जीत लगायतबाट बन्ने देखिन्छ ।

यो पनि पढ्नुहोस् 

प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ] 

पैसा जम्मा गरेर बस्नुहोस्, नेपाल हाइड्रोको करिब करोड कित्ता साधारण सेयर आउँदै 

आस्वा प्रणालीले ल्यायो बहार, थप सहज हुँदैछ सेयरमा लगानी गर्ने प्रक्रिया 

उद्यम गर्नेलाई सल्लाह दिन खुल्यो इलम

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण कार्य ढिलाई हुनुमा दोषी सरकार कि थ्री गर्जेज ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको