Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रालयले सुनायाे दुखद खबर

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, १५ : २५ मा प्रकाशित

मन्त्रालयले सुनायाे दुखद खबर

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट पाचाैँ व्यक्तिको मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ललितपुरकाे किस्ट अस्पतालमा निधन भएका व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन् ।

कलेजोको रोगका कारण किस्ट अस्पताल ललितपुरमा भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएकाे उनले बताए ।

यसअघि पनि नेपालमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जना गरी चार जनाको मृत्यु भएकाे हाे । हालसम्म नेपालमा संक्रमितकाे संख्या १०४२ रहेकाे छ भने १८७ जना निकाे भएर घर फर्किएका छन्  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको