Like us!
Follow us!
Connect us!
Watch us!

फेरि थपिए ११ जना कोरोना संक्रमित

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, १६ : १७ मा प्रकाशित

फेरि थपिए ११ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं - नेपालमा फेरि ११ जना कोरोना संक्रमित थपिएका छन् । दाङमा २ जना र कपिलवस्तुमा थप ९ जना कोरोना संक्रमित भेटिएका हुन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा ११ जनाकाे रिपोर्ट पोजेटिभ देखिएको उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिएकी छिन् । 

संक्रमितमध्ये कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ का २३ र ३० वर्षका पुरूष, वडा नं. ५ का २६ वर्षीय एक पुरूष र वडा नं. ७ का १७, ३७,३९,४०,४३ र ५२ वर्षीय पुरूष र दाङको गढवा गाउँपालिका वडा नं. १ का २८ वर्षीय पुरूष र गढवा २ मा ४१ वर्षीय पुरूष रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको