Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर फेरि फर्किए थप ८ संक्रमित

निशा हुमाँगाई

शुक्रबार, १६ जेठ २०७७, १५ : २० मा प्रकाशित

कोरोनालाई जितेर फेरि फर्किए थप ८ संक्रमित

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरसबाट संक्रमित थप ८ जना निको भएर घर फर्किएका छन् । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिएका छन् ।

वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् ।

त्यस्तै, कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुम(पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके, दाङ र बर्दियाका छन् । उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको