Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर घर गइसके २०६ जना, कुन प्रदेशबाट फर्किए कति संक्रमित ?

निशा हुमाँगाई

शुक्रबार, १६ जेठ २०७७, १७ : ०९ मा प्रकाशित

कोरोनालाई जितेर घर गइसके २०६ जना, कुन प्रदेशबाट फर्किए कति संक्रमित ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा शुक्रबार कोरोना भाइरसबाट संक्रमित थप १९ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या २०६ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार एकैदिन थप १९ जना डिस्चार्ज भएका जानकारी दिएका छन् । 

त्यसैगरी, मन्त्रालयका अनुसार आजसम्म प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गन्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित उपचारपश्चात निको भएर घर फर्किएका जानकारी दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको