Like us!
Follow us!
Connect us!
Watch us!

समृद्ध देश निर्माण, बैंकको बढ्दो ब्याजदर तुरुन्त नियन्त्रण !

शुक्रबार, १६ जेठ २०७७, २३ : ३८ मा प्रकाशित

समृद्ध  देश निर्माण, बैंकको बढ्दो ब्याजदर तुरुन्त नियन्त्रण !

सरकार समृद्ध नेपाल , सुखी नेपाली भनिरहेको छ । मुलुक समृद्ध बन्नको लागि देशमा लगानी योग्य वातावरण हुनुपर्छ , करका दरहरु न्यून हुनुपर्छ , मानिसहरुलाइ बैंकमा रकम जम्मा गर्न निरुत्साहित गरिनुपर्छ , बैंकमा जम्मा गरिने पैसा लगानी गर्न उत्प्रेरित गरिनुपर्छ । जसको लागि बैंकले दिने ब्याजदर  निकै न्यून बनाइनु तर लगानी बाट आउने प्रतिफल उच्च हुने बाताबरण मिलाइनु पर्छ । यदि बैंकले दिने ब्याजदरमा उच्च भयो भने मानिसहरू बैंकमा रकम जम्मा गर्न उत्साहित हुन्छन् र लगानी गर्न रुचाउदैनन् । लगानी नगरि मुलुकमा कसरी समृद्धि आउछ ?

अहिले  बैंकहरुमा ब्याजदर बढाउने होडबाजी नै  छ यो  भनेको अर्थतन्त्रको लागि पक्कै पनि  सुखद संकेत होईन । बैंकले दिने ब्याजदर  उच्च हुदा बैंकले लिने ब्याजदर  झन उच्च हुन्छ । फलस्वरूप लगानीकर्ताको लागत महँगो पर्न जान्छ । लागत महँगो परेको कारण उत्पादित बस्तु बजारमा महँगो मुल्यमा बेच्नु पर्छ । तर  खरिदकर्ताहरु त्यहि गुणस्तरको तर तुलनात्मक रूपमा सस्तो मुल्यमा बस्तुहरु  खोजिरहेका हुन्छन् । बजारमा त्यहि बस्तु बिदेश बाट आयातित सस्तो भयो भने खरिदकर्ताले स्वदेशी बस्तु खरिद नगरि बिदेशी बस्तु खरिद गर्छन् ।

त्यसैले मुलुक समृद्ध बनाउनको लागि स्वदेशी उत्पादन सस्तोमा पाइने बाताबरण मिलाउनु पर्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन  गर्ने  तर बिदेशी उत्पादनलाई निरुत्साहित गर्ने नीति ल्याउनु पर्छ  । जसको लागि उत्पादन लागत न्यूनीकरण गर्न बैंकको ब्याजदरमा व्यापक कटौती गरि न्यून बनाइनु पर्छ । बैंकमा  जम्मा हुने रकम भनेको बचतको रकम हो । देश  समृद्ध बनाउने हो भने  सो बचत रकम न्यून लागतमा परिचालन हुने प्रणालीको बिकास गरिनुपर्छ ।

बढ्दो ब्याजदरले पुजि बजार मात्र होइन सम्पुर्ण अर्थ ब्यवस्था नै धरमराउन पुग्छ । ब्याजदर कम भयो बैंकमा निक्षेप आउदैन कि भन्ने प्रश्न उठछ , बैकमा रकम जम्मा जम्मा गर्नु भनेको नै सुरक्षाको लागि हो , आय आर्जनको लागि त लगानी गर्नुपर्छ भन्ने सोचको बिकास गर्नुपर्छ ।

सरकार समृद्ध नेपाल भन्दै नारा लगाउदै जाने बैंकहरु ब्याजदर बढाएको बिज्ञापन छाप्दै जाने हो भने मुलुक समृद्धि तर्फ होईन अवनति तर्फ धकेलिन पुग्छ । अत : पुँजी बजार र अर्थतन्त्रको धमिरो बैंकहरुको बढदो ब्याजदर तुरुन्त नियन्त्रण गर्नुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको