Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाले थलिएको शेयर बजारलाई बजेटमा विशेष प्याकेजको आवश्यकता थियो, सरकारले देखेन !

सोमबार, १९ जेठ २०७७, ०५ : ०८ मा प्रकाशित

कोरोनाले थलिएको शेयर बजारलाई बजेटमा विशेष प्याकेजको आवश्यकता थियो, सरकारले देखेन !

हामिले कोरोनाको विपत्तिलाइ अवसरमा बदलेर आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणको  गोरेटो कोर्ने किसिमको बजेट चाहेका थियौ।

तर बजेट एकदमै रक्षात्मक आयो। हामिले कुनै कालखण्डमा जोखिम उठाएरै भएपनी देशको अर्थतन्त्रलाई नयाँ स्टेपमा लग्नैपर्ने हुन्छ। अहिले जोखिम लिने अवसर पनि थियो। तर त्यसो हुन सकेन।

जोखिम लिन नचाहेर रक्षात्मक रणनीतिको साथ बजेट ल्याएको सरकारले सार्वजनिक खर्चमा भने दिल खोलेर बजेट बिनियोजन गर्यो। यो त्यति ब्याबहारिक देखिएन। यद्यपि कर्मचारिको भ्रमण र भत्ता लगायतका खर्चमा  केही नियन्त्रण प्रयास गरेको छ। त्यो पनि अपेक्षित  रुपमा मुर्त देखिएन।

कोरोनाको कारण देशका अधिकांश क्षेत्र थलिएको अबस्थामा शेयर बजारलाई पनि विशेष प्याकेज आबस्यकता थियो ।

तर बजेटले शेयर बजारमा त्यस्तो आशालाग्दो सम्बोधन गर्न नसकेको देखियो। पुँजिगत लाभकर घटाउने लगायत बजार बिकास बिस्तार र विविधीकरणमा धेरै कुराहरु सम्बोधन  गर्नुपर्ने थियो। त्यसो हुन सकेन। नेप्से, धितोपत्र बोर्ड को पुनस् संरचना गर्ने, स्टक डिलरको सुरुवात गर्ने दीर्घकालीन रणनीतिका कुराहरु समेटिनु  सकारात्मक पाटो हो।

तर तत्काल बजारलार्इ पुस-अप गर्ने खालका अल्पकालीन कार्यक्रमहरु नआउँदा लगानीकर्ता निराश देखिए। यद्यपि मौद्रिक नीति पनि आउँदै छ। छुटेका कुराहरु त्यसमा पनि सम्बोधन  गर्न सकिने ठाउँ छ। आशाबादी बनौ !

यो पनि पढ्नुहोस्

'लगानीकर्ताको पीडालाई बजेटले देखेन, शेयर बजारप्रति सरकार मूकदर्शक बन्दा हामी मारमा' 

बजेटमाथि लगानीकर्ता रामु खनालेको टिप्पणी : हात्ति आयो हात्ति आयो फुस्स ! 

अप्रत्यक्षरुपमा निजी क्षेत्रबाट नयाँ जलविद्युत आयोजनाहरु निर्माण गर्न बन्देज लगाउने बजेट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको