Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालय कहिले खोल्ने ? यसाे भन्छन् डा. रवीन्द्र पाण्डे

सोमबार, १९ जेठ २०७७, ११ : १७ मा प्रकाशित

विद्यालय कहिले खोल्ने ? यसाे भन्छन् डा. रवीन्द्र पाण्डे

अर्थ संसार, काठमाडौं – केहि विद्यालय संचालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन् । सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ | विषयवस्तुको सहि मुल्यांकन गर्ने भविष्यद्रष्टा नीतिनिर्माण तहमा नहुँदा हरेक निर्णय प्रभावित हुन्छन् ।

परिस्थिति :

१. कोरोना संक्रमितको संख्या बढ्दो ग्राफमा छ । भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउनेको संख्या बढिरहेको छ ।

२. जुन र जुलाईमा भारत तथा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने आंकलन गरिएको छ ।

३. भारतबाट अरु ८-१० लाख नेपाली नेपाल भित्रिने आंकलन गर्न सकिन्छ ।

४. मध्यपूर्वका देशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न बाँकी छ ।

५. देशभरका अधिकांश सरकारी स्कुलहरु क्वारेन्टाइनले भरिएका छन् । अन्य लाखौँ नेपालीको आगमन हुनेबेलासम्म स्थानीय निकायले स्कुललाई क्वारेन्टाइन भवनको रुपमा प्रयोग गरिरहनेछन् ।

६. हरेक समुदायमा कोरोना संक्रमण देखिएको छ । परिक्षणको गति अत्यन्तै सुस्त छ ।

७. जनस्वास्थ्य चेतना अत्यन्तै न्यून छ ।

८. अभिभावकमा रहेको त्रास, अन्यौल घटेको छैन ।

समाधान :

१. नेपालमा प्रति १० लाख जनसंख्यामा जम्मा ६२१२ जनाको कोरोना परिक्षण भएकोमा ‘ एक परिवार : एक परिक्षण ‘ को नीति ल्याएर आक्रामक ढंगले छोटो समयमा अधिकतम परिक्षण गर्ने । संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्ने ।

२. भारत तथा अन्य मुलुकबाट आउने नेपालीलाई आगमन बिन्दुमा सुरक्षित क्वारेन्टाइनमा राख्ने । दोस्रो हप्तापछि परिक्षण गरेर संक्रमण नभएका व्यक्तिलाई आफ्नो थातथलोमा पठाउने र होम क्वारेन्टाइनमा राख्ने । संक्रमण नभएका व्यक्तिलाई सुरक्षित तवरले आफ्नो थातथलोमा पठाउने अनि २ हप्ता होम क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउने ।

३. जनस्वास्थ्य चेतनाका प्रभावकारी सामग्री उत्पादन गरेर प्रकाशन / प्रसारण गरिरहने ।

४. भारत तथा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर जब ग्राफ घट्दै जान्छ वा फ्याल्ट रहन्छ, त्यसपछि अन्य कार्यालय, पसल, यातायात लगायत खोल्ने । यसरी लकडाउन खोलेपछि त्यसको परिणाम मुल्यांकन गर्ने । अन्य क्षेत्र खोल्दा संक्रमण बढेन भने मात्र स्कुल खोल्ने । बिचको अवधिमा स्कुलहरुले सामाजिक दुरी, सरसफाई तथा अन्य उपायको लागि भौतिक संरचनाको क्षमता बिस्तार गर्ने ।

५. भारतमा भएको एक अध्ययन अनुसार कोरोना नियन्त्रण नहुँदै स्कुल खोलेमा ९२ % अभिभावकले आफ्ना बालबालिका स्कुल नपठाउने भनेका छन् । हामी कहाँ शिक्षा मन्त्रालयले यस्तो सर्भे गर्नु राम्रो हुन्छ ।

६. कोरियाका केहि ठाउँमा स्कुल खोलेपछि बालबालिकामा संक्रमण बढेको भनेर विद्यालय पून: बन्द गरेको समाचारले बताएका छन् । यस्तो परिस्थितिमा विद्यार्थीले संक्रमण बोकेर घर फर्किए भने जोखिम बर्गमा रहेका व्यक्तिलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय निकायलाई प्रशिक्षित र सुसंगठित गर्नुपर्दछ ।

७. इबोला संक्रमणको बेला अफ्रिकामा ८ महिना स्कुल बन्द भएका थिए । इबोला नियन्त्रणमा आएर स्कुल खोलेपछि बाँकी ४ महिनामा कोर्स पुरा भएको थियो | यस्तो अवस्थाको लागि पनि सरकार तयार हुनुपर्छ ।

८. बिद्यार्थी भर्ना गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने, सरकार तथा निजि क्षेत्रले बिध्यार्थिलाई निशुल्क डाटा उपलब्ध गराउने, इन्टरनेटको पहुँच बढाउने तथा पाठ्यक्रम अनुसार पढाइ संचालन गर्ने ।

९. इन्टरनेटको पहुँच नभएका ठाउँमा दुर शिक्षा, रेडियो र टिभीबाट संचालन गर्ने । नबुझेको कुरा आफ्नो शिक्षकसंग फोन वा अन्य माध्यमबाट सोध्ने । यहि मोडेलमा टर्मिनल एक्जाम गर्ने ।

१०. यो महामारीमा सबै क्षेत्र आर्थिक रुपमा टाट पल्टिएका छन् । तसर्थ विद्यालयहरुले यो बर्ष बाँच्ने मात्र लक्ष्य राखेर भर्ना तथा मासिक शुल्क सकेसम्म न्यून लिने । सरकारले विद्यालयलाई सकेसम्म अनुदान दिएर अभिभावकलाई राहत अनुभूत गराउने ।

निस्कर्ष :

नेपालमा विद्यालय छिटो खुलेमा भाद्रदेखि, अर्को परिदृश्यमा दशैंतिहारपछि तथा खराब स्थितिमा अर्थात जाडो सुरु हुने बेलाको मौसमी रुघाखोकीमा कोरोना भाइरस मिसिएमा वा WHO ले भनेझैँ कोरोना संक्रमणको तेस्रो वेभ आएमा आगामी चैत्रदेखि विद्यालय खोल्ने परिस्थिति पनि हुनसक्छ । तसर्थ बैकल्पिक अध्ययनका उपाय अबलम्बन गरेर पढाइ जारी राख्नु सर्बोत्तम विकल्प हो ।
हाम्रो आशा र अभियानले कोरोना संक्रमण छिटो नियन्त्रण भएमा आफ्ना बालबालिकालाई छिटो स्कुल पठाउन हामी अभिभावक सधै अग्रसर हुनेछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको