Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनकै बिच सम्पन्न भयाे कुमारी बैंकको विशेष साधारण सभा

निशा हुमाँगाई

सोमबार, १९ जेठ २०७७, १५ : ५४ मा प्रकाशित

लकडाउनकै बिच सम्पन्न भयाे कुमारी बैंकको विशेष साधारण सभा

अर्थ संसार, काठमाडौं – कुमारी बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बैंककाे संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा आज जेष्ठ १९ गते साेमबार बैंकको नक्साल प्राङ्गणमा सम्पन्न भएको हाे ।

यसैगरी, सभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवः विकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ । कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरूका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरूको अनुमोदन सम्पन्न भएको छ ।

उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस विशेष साधारण सभामार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।

 यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनी महानुभावहरूको मन्तव्य, सुझाव लिएको थियो । यस विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागी शेयरधनी महानुभावहरूलाई सम्पूर्ण बैंकको संचालक समितिका सम्पूर्ण सदस्यहरूले धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै, बैंकको आन्तरिक वित्तिय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिङ्ग तथा वित्तिय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त छ ।          


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको