Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश नं २ मा झन्डै ७०० जनामा कोरोना संक्रमण

निशा हुमाँगाई

मंगलबार, २० जेठ २०७७, ०६ : ५९ मा प्रकाशित

प्रदेश नं २ मा झन्डै ७०० जनामा कोरोना संक्रमण

अर्थ संसार, काठमाडाैं – प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले हिजाे (साेमबार) एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

यसैगरी, उक्त अवसरमा दिइएको जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, सर्लाहीमा ३८ जना, धनुषामा सात जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो । यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए ।

यस प्रदेशमा हिजाे (साेमबार) सम्ममा १५ हजार ७७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७२८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराएका छन् । यस प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडिटी परीक्षण गरिएकामा ५० जनाकाे रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै, यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टाइनमा अहिले २२ हजार ९१८, होम क्वारेन्टाइनमा पाँच हजार २०५ र आइसोलेशनमा ३९५ जना बसेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको