Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले लकडाउनको मौका छोपी बोलायो विशेष साधारणसभा, बिना शेयरधनी सुटुक्क एजेण्डा पारित गर्ने दाउ !

मंगलबार, २० जेठ २०७७, ०९ : ०६ मा प्रकाशित

सिटिजन्स बैंकले लकडाउनको मौका छोपी बोलायो विशेष साधारणसभा, बिना शेयरधनी सुटुक्क एजेण्डा पारित गर्ने दाउ !

अर्थ संसार, काठमाडौं- बैंकहरुमा माझ आफ्नो छवि विस्तारै डाउन हुँदै गएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लकडाउन मौका छोपी सुटुक्क पाँचौ विशेष साधारण सभा बोलाएको छ ।

साधारणसभामा संस्थापक र सर्वसाधारण शेयरधनीको चर्काे विरोध खेप्दै आएको सिटिजन्स बैंकले जेठ २७ गते बैंकको प्रधान कार्यालय रहेको भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे बोलाएको छ । कोरोना भाइरसको कारण देश लकडाउन भएको यो परिस्थितिमा साधारणसभा बोलाउनुले बैंकको संचालक समितिको सदस्यहरुमाथि शेयरधनीले प्रश्न चिन्ह खडा गरेका छन् ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट! 

'यस्तो लकडाउनको बेलामा विशेष साधारणसभा बोलाउनु भनेको बैंकको शेयरधनीलाई बैंकले गर्ने व्यवहार छर्लङ्ग भएको छ' शेयरधनी डम्बरु मल्लव घिमिरे भन्छन्-'यस्तो अवस्थामा कुन शेयरधनी साधारणसभा पुग्छन्, जाउँ भने पास छैन, यस्तो मौका छोपी साधारणसभा बोलउनु गलत काम हो ।'

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित)

त्यसै गरी अर्काे शेयरधनी शिव प्रसाद पौडेलले भने लकडाउनको बेलामा सजिलै एजेण्डा पारित गर्न साधारणससभाको घोर विरोध गरेका छन् । 'बैंकको यो कमद  शेयरधनीको हितमा छैन, निन्दनीय काम हो ।'शेयरधनी पौडेलले अर्थ संसार डट कमलाई बताए ।

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित}

बैंकको  गएको साधारणसभामा शेयरधनीले संचालक र व्यवपनदेखि प्रश्च चिन्ह खडा गर्दै आएका थिए । गएको साधारणसभामा संचालकले प्रस्ताव गरेको तलव भत्ता शेयरधनीको विरोधले रोकिएको थियो ।

सिटिजन्स बैंकको नियतमाथि शेयरधनी शिव प्रसाद पौडेलको चर्काे टिप्पणी (भिडियोसहित)

 

बैंकको आम्दानी भन्दा पनि खर्च बढी देखिएपछि शेयरधनीले साधारणसभामा नाङ्गा् नाच देखाएको थिए । बैंकका कर्मचारीमा अपरिपक्कता, ग्राहकलाई बैंकका कर्मचारीलाई गर्ने व्यवहारले बैंकको दिनप्रदिन छवि खस्कदै गएको छ ।

विना हस्ताक्षर चेक सटाही, ऋण लगानीमा आफनत्व, ऋण लगानी डुब्ने लगाएको कारण बैंक बाणिज्य बैंकहरुमाझ कान्छो बन्न पुगेको छ ।

साधारणसभाले सहयोग विकास बैंकले प्राप्ती गर्ने लगायतको एजेण्डामाथि विना शेयरधनीको उपस्थितिमा छलफल गरीे पारित गर्नेको छ । 

5ed5ccfd7c56e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको