Like us!
Follow us!
Connect us!
Watch us!

काटेको घाउमा नुन चुक लाउँदै सरकार भन्छ जेठ २५ गतेभित्रै सबै कर बुझाउ

निशा हुमाँगाई

मंगलबार, २० जेठ २०७७, १२ : ४६ मा प्रकाशित

काटेको घाउमा नुन चुक लाउँदै सरकार भन्छ जेठ २५ गतेभित्रै सबै कर बुझाउ

अर्थ संसार, काठमाडौं – विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसले गर्दा सारा विश्व नै त्रसित बनिरहेकाे छ । काेराेना राेकथामका लागि जारी गरिएकाे लकडाउनकाे अवस्थामा पनि नेपाल सरकारले भने उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र नै कर तिर्नका लागि दवाव दिएकाे छ ।

अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै यही जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएको छ । ताेकिएकाे समयमा कर विवरण नबुझाएमा थप दस्तुर, व्याज तथा जरिवाना तिर्नुपर्ने समेत विभागले जनाएकाे छ । 

सरकार भएर यस्ताे विषम परिस्थितीमा राहत उपलब्ध गराउनु पर्नेमा उल्टै कर माग्दा जनतालाई झनै मर्का परेकाे छ । लकडाउनले गर्दा सबै उद्योग व्यवसाय ठप्प छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको