Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टाइनमा मृत्यु हुनेकाे संख्या बढ्दाे : फेरि एक महिलाकाे मृत्यु

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, ११ : ४१ मा प्रकाशित

क्वारेन्टाइनमा मृत्यु हुनेकाे संख्या बढ्दाे : फेरि एक महिलाकाे मृत्यु

अर्थ संसार, काठमाडौं - नेपालमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरूकाे मृत्यु हुने क्रम बढ्दै गएकाे छ । आज फेरि डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । 

चार दिन अगाडि भारतबाट आएकी गन्यापधुरा गाउँपालिका - २ की ३० वर्षीया महिलाको मृत्यु भएको हो । उनकाे गएराति शौचालय जाँदा बेहोस भएलगत्तै मृत्यु भएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिएका छन् । 

त्यस्तै, उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको