Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबारे यी प्रण गरौँ : डा. रवीन्द्र पाण्डे

बुधबार, २१ जेठ २०७७, ११ : ५७ मा प्रकाशित

कोरोना संक्रमणबारे यी प्रण गरौँ : डा. रवीन्द्र पाण्डे

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ । कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ ।

त्यसैले, १ जना संक्रमित हुँदा २-३ जना, १०० जना संक्रमित हुँदा २००-३०० जना र १ हजार संक्रमित हुँदा २०००-३००० जनामा संक्रमण सर्नु स्वाभाविक मानिन्छ । आगामी दिनमा पनि संक्रमितको संख्या बढ्दै जानेछ । कोरोना संक्रमितको संख्या बढ्यो भनेर हामी आत्तिनु हुँदैन ।

हरेक नागरिकले ‘म कोरोनाबाट बच्नेछु, मेरो परिवार र समाजलाई बचाउनेछु ।’ भनेर प्रण गर्यौँ भने कोरोना संक्रमणको चढ्दो गति घट्दै ओर्लिनेछ । 

यसको लागि निम्न लिखित प्रण गरौँ :

१. म बिनाकाम घरबाहिर जाने छैन ।

२. घरबाहिर जाँदा सहि तरिकाले मास्क, चस्मा र पंजा लगाउनेछु । बाटोमा मास्कबिना हिँडेको कोहि देखेमा मसंग खल्तीमा भएको नयाँ मास्क उसलाई दिनेछु ।

३. मैले जहाँपनि ६ फिटको भौतिक दुरी राखेर हिंड्नेछु / बस्नेछु । यसको लागि पर्खने, अरुलाई बाटो दिने गर्नेछु । दुरी कायम गर्न अरु व्यक्तिलाई पनि अनुरोध गर्नेछु ।

४. म भीडभाडमा जाने छैन । कोरोना संक्रमण भीडभाडबाट सर्छ भन्ने कुराप्रति म सचेत छु ।

५. मैले बाटो वा अन्य कार्यालयमा खल्तीमा राखेको स्यानिटाइजर प्रयोग गर्नेछु । घर, अफिस लगायत ठाउँमा साबुनपानीले नियमित हात धुनेछु । अन्य व्यक्तिलाई पनि हात धुन प्रेरित गर्नेछु ।

६. घर पुगेपछि मैले प्रयोग गरेका मास्क तथा पंजालाई खाल्डोमा गाड्नेछु | चस्मा, झोला, बाहिरी कपडा सकभर घरबाहिर वा कोठाबाहिर राख्नेछु । घरभित्र पुगेपछि साबुनपानीले मिचिमिची हात धुनेछु । नाक, मुख तथा आँखामा हात लाग्ने बानी छोड्नेछु / छोडाउनेछु ।

७. कोरोना भाइरस श्वासप्रश्वासजन्य भाइरस भएकोले फलफूल, तकारी, खाधान्न आदिलाई राम्रोसंग सफा गर्यो भन्ने सर्दैन भन्ने तथ्य मैले बुझेको छु ।

८. कोरोना संक्रमितमध्ये ८५ % लाई लक्षण नदेखिएर वा सामान्य देखिएपनि आफै निको हुन्छ । ८ प्रतिशतलाई सामान्य उपचारले निको हुन्छ । ७ % लाई आइसीयु \ भेन्टिलेटर चाहिने हुनसक्छ । मृत्युदर ३ % मात्र छ, त्यो पनि जोखिम वर्गलाई भन्ने तथ्य मैले बुझेको छु | नेपालमा कोरोना संक्रमणको मृत्युदर अहिलेसम्म ०.४ % पनि छैन भन्ने थाहा पाएको छु । तसर्थ डराउनुपर्ने कारण छैन भन्ने मैले बुझेको छु ।

९. मैले आधिकारिक सुचना र बिज्ञको भनाइ / सल्लाहमात्र पत्याउनेछु । भ्रम र हल्लाको पछि लाग्ने छैन ।

१०. कोरोना भाइरससंग लड्न इम्युनिटी पावर बढाउन म अग्रसर हुनेछु । यसको लागि अमिला फलफूल, हरिया सागसब्जी, दुध, गेडागुडी, अण्डा, गुर्जो+तुलसी +बेसार + ज्वानो + अदुवा मिलाएको सुप खानेछु, घाम ताप्नेछु, व्यायाम गर्नेछु । चिन्ता गर्नेछैन । रक्सी, चुरोट र सुर्ती खाने छैन ।

११. यो भाइरस केहि वर्ष रहेपनि म बचेर आफ्नो काम गर्नेछु । मानसिक तनाव, चिन्ता लिने छैन । सतर्क हुनेछु तर डराउने छैन ।

१२. कोरोना संक्रमित, निको भएका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, खाध्य ढुवानीकर्मी तथा सरकारका नीतिनियमलाई सम्मान गर्नेछु ।बायस हुनेछैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको