Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार बढ्यो डलरसहित सबै मुद्राकाे विनिमयदर, हेर्नुस् कुनकाे कति ?

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १० : ३८ मा प्रकाशित

बिहीबार बढ्यो डलरसहित सबै मुद्राकाे विनिमयदर, हेर्नुस् कुनकाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३९० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६८ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२० रुपैयाँ ५६ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४० पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको