Like us!
Follow us!
Connect us!
Watch us!

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको स्वरूप के हाेला ?

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, ११ : ०० मा प्रकाशित

आज मन्त्रिपरिषद् बैठक बस्दै,  लकडाउनको स्वरूप के हाेला ?

अर्थ संसार, काठमाडौं - आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ४ बजेबाट मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन गर्नेबारे छलफल गरिनेछ ।

लकडाउनका कारण जनजीवन कष्टकर हुँदै गएपछि सरकारले यसको स्वरूप परिवर्तन गर्ने भएको हाे । 

हिजाे (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञ, अर्थविद, योजना आयोगका पूर्व प्रतिनिधिहरुसँग गरेको छलफलका आधारमा लकडाउन परिमार्जनका विषयमा केही निर्णय हुनसक्ने बताइएकाे छ । 

त्यस्तै, यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको