Like us!
Follow us!
Connect us!
Watch us!

रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गरी सित्तैमा सपिङको अवसर

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, ११ : ३१ मा प्रकाशित

रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गरी सित्तैमा सपिङको अवसर

अर्थ संसार, काठमाडौं – मोबाइल एप रिचार्जरले एक लाख एक्टिभ युजर पुगेको उपलक्ष्यमा क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर ५०० रूपैयाँ बराबरको सामान उपलब्ध गराउने भएको हो ।

कोभिड प्रोटेक्सन प्रोडक्टहरू स्यानिटाइजर, मास्क र इम्युनिटी बुष्टर डबल सी खरिद गर्दा नगद भुक्तान गर्नु नपर्ने ग्लोबल की टेक्नोलोजी प्रालिले जनाएको छ ।
रिचार्जरले जेठ २३ गते शुक्रबारका दिन मध्यान्ह १ बजेदेखि १ घण्टाको अवधिमा आफ्ना प्रयोगकर्तालाई क्यासलेस पर्चेज अफर अन्तरगत ५०० रूपैयाँ बराबरको सामान निशुल्क उपलब्ध गराउन लागेको हो । यसरी अर्डर हुने सामान डेलिभरी पनि निशुल्क हुनेछ ।

ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार क्यासलेज पर्जेज अफरमा रिचार्जरका प्रयोगकर्ताको खातामा रहेको क्यास प्वाइन्टलाई रिडिम गरेर सित्तैंमा सामान उपलब्ध गराउने छ । ५०० रूपैयाँभन्दा धेरैको सामान खरिद गर्दा एनआईसी एशिया, ग्लोबल आईएमई र मेगा बैंकका खातावालाहरूले कार्डबाट महसुल भुक्तानी गर्दा थप १० प्रतिशत छुट पाउने ग्लाइडरले बताएका छन् । तीन वटै बैंकले रिचार्जरबाट ५ हजार रूपैयाँ सम्मको सामान किनेर रकम तिर्नेहरूको खातामा १० प्रतिशत रकम फिर्ता गरिदिने छन् । क्यास अन डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

त्यस्तै, नयाँ प्रयोगकर्ताले रिचार्जर एप डाउनलोड गरी खाता खोल्दा १०० क्यास प्वाइन्ट पाउने छन् । जतिको रिचार्ज गर्यो त्यति नै क्यास व्याक पनि पाइन्छ । यसरी मोबाइल रिचार्ज गरी शतप्रतिशत क्यास व्याक जम्मा गरेर नयाँ प्रयोगकर्ताले पनि अफरमा सित्तैमा सामान किन्न सक्छन् । मोबाइल रिचार्जका अलावा बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा २० पनि प्रतिशत क्यास प्वाइन्ट पाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको