Like us!
Follow us!
Connect us!
Watch us!

धादिङ प्रवेश गर्ने प्रत्येक नाकामा कडाई गरिँदै

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १२ : १४ मा प्रकाशित

धादिङ प्रवेश गर्ने प्रत्येक नाकामा कडाई गरिँदै

अर्थ संसार, काठमाडौं – धादिङ प्रवेश गर्ने प्रत्येक नाकामा थप कडाई गर्ने जिल्ला सुरक्षा समिति धादिङले निष्कर्ष निकालेको छ ।

कोरोना भाईरस अर्थात कोभिड १९ रोकथाम तथा उपचारको सम्बन्धमा जिल्ला सुरक्षा समिति धादिङको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो  ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न धादिङ जिल्लासँग जोडिएको प्रत्येक सिमानामा आवागमनमा थप कडाई गर्न लागीयको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन् । प्रजिअ तामाङका अनुसार जिल्लासँग जोडिएको प्रत्येक सिमानामा आवागमनमा थप कडाई गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई गस्ती गर्न जिम्मा समेत दिईसकेको छ ।

बैठकले धादिङमा कोरोनाको अवस्था, क्वारेन्टिनको व्यवस्था, राहत वितरण, लकडाउनका कारण अलपत्र परेकाको उद्धार, उपचार, बजारको अनुगमन र आपूर्ति व्यवस्थालाई सहजिकरण गर्ने समेत निर्णय गरेको छ ।

धादिङ जिल्ला अन्तर्गत त्रिभुवन राजपथ अन्तर्गत पूर्व सिमाना धुनीबेसी नगरपालिकाको पिप्लामोड र पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउपालिकाको मौवा खोलामा पैदल यात्रा पुर्ण रूपमा रोक लगाईने, स्थानीय स्तरमा उत्पादन भएका तरकारीहरू नजिकको संकलन केन्द्रमा संकलन गरि थोक बिक्रेता मार्फत बजारसम्म पुर्याउने व्यवस्था गर्ने, आम नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपुर्तिको लागि विहानदेखि बेलुका सम्म दुध र तरकारी पसलहरू खुल्ला गर्ने र अन्य प्राकुतिक पसलहरू बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म खोल्ने समेत निर्णय गरेको छ ।

त्यस्तै स्वास्थ्य सामाग्री, उद्योगहरू, किसानलाई आवश्यक पर्ने रासायनिक मल र विउ सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने र भारत लगायत तेस्रो मुलुकबाट आएकालाई क्वारेन्टाईनमा  नै स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाउने समेत बैठकले निर्णय गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको