Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढे कोरोना संक्रमित, बिहीबार एकैदिन थपिए ३३४ जना संक्रमित

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १६ : २९ मा प्रकाशित

ह्वात्तै बढे कोरोना संक्रमित, बिहीबार एकैदिन थपिए ३३४ जना  संक्रमित

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २ हजार ६ सय ३४ जना पुगेकाे छ । जसमध्ये २ हजार ४ सय ५० जना पुरूष र १८४ जना महिला रहेका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये ३१९ जना पुरूष र १५ जना महिला रहेका छन् ।

5ed8d34b0daac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको