Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १६ : ४४ मा प्रकाशित

कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् । भारतबाट नेपाल आएका उनकाे मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि पनि नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, गुल्मी, बारा, बाँके, ललितपुर,अर्घाखाँची, दैलेख, बाजुरा र दोलखाका १–१ जना गरी ९ जनाको मृत्यु भएकाे हाे । हालसम्म नेपालमा संक्रमितकाे संख्या २ हजार ६ सय ३४ जना रहेकाे छ भने २९० जना निकाे भएर घर फर्किएका छन् ।

5ed8d492c409c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको