Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन खुकुलो पारी आर्थिक चलयमान गराैँ : नेपाल चेम्बर अफ कमर्श

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १८ : ०२ मा प्रकाशित

लकडाउन खुकुलो पारी आर्थिक चलयमान गराैँ : नेपाल चेम्बर अफ कमर्श

अर्थ संसार, काठमाडौं - नेपाल चेम्बर अफ कमर्शले लकडाउन खुकुलो पारी आर्थिक चलयमान गर्नुपर्ने सुझाव दिएकाे छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग भेट गरी सुरक्षाका उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव दिएका हुन् ।

अध्यक्ष श्रेष्ठले तीन जिल्ला प्रमुख जिल्ला अधिकारीसँग आज भेट गरी कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका हुन् ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीसित भेट गरेर उक्त सुझाव दिएका हुन् । तीनै प्रमुख जिल्ला अधिकारीले सुझावलाई सकारात्मक रुपले लिन र सबै सुझावलाई लिएर नयाँ मोडालिटी बनाएर कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो बनाइने बताएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको