Like us!
Follow us!
Connect us!
Watch us!

अनलाईन विधिबाट कम्पनीहरुको वार्षिक साधारण सभा ?

मिलन खड्का

विहीबार, २२ जेठ २०७७, १९ : ०४ मा प्रकाशित

अनलाईन विधिबाट कम्पनीहरुको वार्षिक साधारण सभा ?

अर्थ संसार, काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको  कोरानाको आक्रमण पछि मानिसहरु भेला हुन तथा सभा सम्मेलन गर्न बन्देज लागेको छ ।
विवाह, ब्रतबन्ध, पुजा, मन्दिर भ्रमण, सभा, सेमिनार सबै रोकिएका छन् ।

धेरैवटा पव्लिक लिमिटेड कम्पनीका आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा हुन सकेको छैन । यो अन्योलताको अन्त कम्पनी रजिष्टारको कार्यालयले गरि दिनु पर्ने हो ।

कम्पनी ऐन वा नियमावलीमा संशोधन गरी अब उप्रान्त इन्टरनेट, ईमेल, अनलाईन जुम  जस्ता इलेकट्रोनिक  मिडिया मार्फत कम्पनीहरुको साधारण सभा सम्पन्न गर्नु पर्ने आवश्यकता  छ । श्रावण महिनामा नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा पहिल्यै कम्पनीहरुले सरल ढंगले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गर्न कानुनी निकास पाउनु पर्दछ । 

उद्योग तथा व्यबसायको प्रतिनिधि संस्था नेपाल उद्योग बाणिज्य महासंघले आफ्नो वार्षिक साधारण सभा स्थगित गरेको छ । नेपालका ठुलो उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघले आफ्नो सत्रौं बार्षिक साधारणसभा Online Platform Zoom  को माध्यमबाट २०७७ आषाढ १५ गते सम्पन्न गर्ने भएको छ ।

यो बार्षिक साधारण सभाले कोरोना भईरसको कारणले मानिसहरु एकै ठाँऊमा भेलाभई काम गर्न नसकिरहेको बर्तमान अवस्थामा कम्पनीहरुलाई साधारण सभा सम्पन्न गरी काम अघि बढाउनका लागी ढोका खोल्ने आशा गरिएको छ ।

 नेपालको कम्पनी कानूनमा यस प्रकार शेयरधनीहरु भेला नभई Electronically सााधारणसभा गर्ने व्यबस्था हाल सम्म बनेको छैन ।  कानून बेगरै नेपाल उद्योग परिसंघले सम्पन्न गरेको साधारणसभाले मान्यता पाउने हो वा होईन भन्ने प्रश्न छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको