Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या झन्डै हजार पुग्याे

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, ११ : ४७ मा प्रकाशित

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या झन्डै हजार पुग्याे

अर्थ संसार, काठमाडौं – दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या एक हजारको हाराहारी पुग्न लागेको छ ।

बिहीबार थप १०२ जनामा सङ्क्रमण पुष्टि भएपछि हाल सङ्क्रमितको सङ्ख्या ९६१ जना पुगेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको छ ।

प्रदेश नं २ का आठ जिल्लामा जेठ तेस्रो सातामा मात्रै ५०० सङ्क्रमित थपिएका छन् । जेठ दोस्रो साताको अन्त्यमा ५०० मुनि रहेको सङ्क्रमित सङ्ख्या तेस्रो साता सकिँदा एक हजार नजिक पुगेको छ । यसरी थपिएका नयाँ सङ्क्रमितमध्ये धेरैजसो भारतबाट भर्खरै घर फर्केका भेटिएका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताएका छन् ।

प्रदेशका आठ जिल्लामध्ये अहिले सबैभन्दा बढी रौतहट प्रभावित देखिएको छ । बिहीबारसम्म प्रदेशका कूल सङ्क्रमण पुष्टि भएका ९६१ मध्ये रौतहटका ३८४ छन् । प्रदेशको हालसम्मको तथ्याङ्कमा रौतहटपछि क्रमशः सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक झाले जानकारी दिएका छन् ।

त्यस्तै, क्वारेन्टिन केन्द्रमा समुचित सुरक्षा प्रबन्ध मिल्न नसक्दा, शारीरिक दूरीको ख्याल नगरिँदा सङ्क्रमण बढेको झाले स्वीकार गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको